इटलीमा कोभिड–१९ का कारण सात लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित

 वैशाख २९, २०७७ सोमबार १०:१६:२४ | रासस
unn.prixa.net

काठमाण्डौ - इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले आइतबार बताएको छ । 

संगठनका अनुसार कोभिड–१९ सङ्क्रमणको महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका केटाकेटीहरूले विद्यालयको क्यान्टिनले दिने लन्चमा पहुँच पाउन नसकेको र स्वास्थ्य सङ्कटको कारण आर्थिक कठिनाइ झनै नराम्रो भएको कारण केटाकेटीको आवश्यक न्यूनतम आहारामा निकै कमी भएको हो । 

‘इटलीमा दूध वा खाना लिन सहयोग चाहिने १५ वर्षभन्दा मुनिका बच्चाहरूको सङ्ख्या सात लाख रहेको छ’,कोल्डरेट्टीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

यो सङ्कटले गरिबलाई थप  गरीबीको चपेटामा पारेको र मौसमी र अस्थायी कामदारहरूलाई साना व्यवसायी र व्यापारीमा आश्रित बनाएको विज्ञप्तिमा बताइएको छ । 

कागजीरूपमा वैधता नपाएका कामदारहरू पनि महामारीका कारण नराम्ररी प्रभावित बनेका छन् । सामान्यतया उनीहरूको कुनै बचत हुँदैन र काम गर्न नसक्दा राज्यबाट पाउने सहयोगको कुनै बाटो नै रहँदैन । दक्षिणी इटलीमा यसरी कठिनाई भोग्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइउको छ ।

इटलीमा सङ्कटका कारण खाद्यान्नमा मूल्य वृद्धि भएको छ । इटलीमा महामारी पहिलेको तुलनामा महामारीको समय अप्रिलमा फलफूलमा ८।४ प्रतिशत, तरकारीमा पाँच प्रतिशत र दूधकोेमा ४.१ प्रतिशतले मूल्यवृद्धि भएको बताइएको छ ।

यद्यपि इटलीमा सक्रिय सयौँ धार्मिक संस्था तथा परोपकारी संस्थाहरूले यथोचित सहयोगको प्रयास गरेपनि एक  साथ ठूलो सङ्ख्यामा सहयोग गर्नुपर्दा कठिनाई भइरहेको बताइएको छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया