अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – पाकिस्तानमा एकैदिन दुई हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै पाकिस्तानमा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानी सरकारले गएको शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको अधिकारीहरुको भनाइ छ । कार्यस्थल र आर्थिक क्षेत्रका लागि भन्दै लकडाउनलाई खुकुलो बनाउने निर्णय अघिल्लो हप्ता पाकिस्तानी सरकारले गरेको थियो ।
पछिल्लो समय दुई हजार दुई सय ५५ जना नयाँ सङ्क्रमित थपिएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसकाे कारण थप ३१ जनाको ज्यान गएकाे छ । योसँगै कुल मृतकको सङ्ख्या सात सय ३७ पुगेको छ ।
पाकिस्तानमा अहिलेसम्म ३४ हजार तीन सय ३६ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । देशभरिका सङ्क्रमितमध्ये सबैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन् । पञ्जाबमा कुल १३ हजार दुई सय २५ जना सङ्क्रमित छन् भने दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा १२ हजार ६ सय १० जना रहेका छन् ।
त्यसैगरी खैबर पख्तुनख्वामा पाँच हजार २१ जना, बालुचिस्तानमा दुई हजार एक सय ५८ जना, इस्लामावादमा सात सय५९ जना, गिल्गिट बाल्टीस्टानमा चार सय ७५ जना र पाकिस्तान नियन्त्रित कश्मीरमा ८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
कुल सङ्क्रमितमध्ये आठ हजार आठ सय १२ जना निकाे भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । अघिल्लो हप्तादेखि सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन अत्यधिक वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।
लकडाउन खुकुलो हुनु र आधारभूत स्वास्थ्य सतर्कता उल्लङ्घन हुनुलगायतका कारणले सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको उनीहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई विशेष उडानमार्फत पाकिस्तानले तीन सय ७९ जनालाई विभिन्न देशबाट स्वदेश ल्याएको थियो ।
यसअघि गएको अप्रिल २८ देखि मे ८ सम्ममा पाकिस्तानले विदेश उडानमार्फत चार हजार तीन सय ४४ जना पाकिस्तानीलाई स्वदेश ल्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।