‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा

 जेठ १, २०७७ बिहीबार ७:५५:४४ | रासस
unn.prixa.net

काठमाण्डाै - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पुर् उन ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको छ ।

गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराई प्रयोगमा ल्याउन आग्रह गरेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआइडी० को आर्थिक सहयोग र केन्द्रको संयोजकत्वमा बनाइएको सो सामग्री शिक्षक र अभिभावकले सजिलै प्रयोग गर्न सक्नेछन् । 

एन्ड्रोइड मोबाइल एपमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथा र कवितालाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तक पनि समावेश गरिएका छन् ।

यसमा नेपाली भाषालगायत १० स्थानीय भाषामा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा रेडियो कार्यक्रम पनि समाविष्ट छन् । रेडियो कार्यक्रमअन्तर्गत प्रारम्भिक कक्षाका शिक्षकलाई कक्षाकोठामा सहयोगी हुने शिक्षण उपायसहितका सामग्री, रेडियो नाटक र विशेष अतिथिसँगको रमाइला कथाहरू समेटिएका छन् ।

केन्द्रका निर्देशक माधवप्रसाद दाहालका अनुसार सो एपबारे स्थानीय तहका शिक्षा शाखा तथा जिल्लाभरिका सामुदायिक विद्यालयलाई जानकारी गराई प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र प्रारम्भिक कक्षा पढाइ उपसमितिका सदस्यमार्पmत दौँतरी शिक्षक र अभिभावकलाई प्रयोग विधिसहित जानकारी दिइएको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया