अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - इटलीले महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ ।
स्थानीय समय अनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटलीभित्रको यात्रामा पनि प्रतिबन्ध हटाइनेछ । बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइनेछ ।
इटलीमा मे १८ मा अन्त्य हुनेगरी अवागमनमा प्रतिबन्ध लगाइएकाे छ । इटली युरोपमा फैलिएको कोरोनाभाइरसको प्रकोपको केन्द्रबिन्दु बनेको थियो ।
सङ्क्रमण नियन्त्रणका लागि यसले युरोपमा सबैभन्दा कडा मानिएकोे अनावश्यक यात्रामा प्रतिबन्ध लगाउँदै आन्तरिक तथा बाह्य सिमाना बन्द गरेको थियो । सुरूमा याे निर्णयकाे यूरोपेली देशहरूमा आलोचना पनि भएको थियो तर इटलीले लकडाउन नै सङ्क्रमण रोक्ने उत्तम उपाय रहेको ठहर गर्दै लामो समयसम्म आवागमन तथा व्यापारिक गतिविधिमा समेत रोक लगाएको थियो ।
इटालीले पहिलो पटक मार्च १० मा लागू भएको घरेलु लकडाउनका सर्तहरू बिस्तारै सहज गर्दै गएको छ । जुन ३ को परिवर्तन अन्तर्राष्ट्रिय आवागमनलाई खुलाउने पहिलो कदम हुनेछ ।
इटलीमा अहिलेसम्म दुई लाख २४ हजार ७ सय ६० सङ्क्रमित भएका छन् भने ३१ हजार ७ सय ६३ व्यक्तिको मृत्यु भएको छ । यहाँ एक लाख २२ हजार ८ सय १० जना निको भएर घर फर्किएका छन् ।
इटलीभरी अझै ७० हजार १ सय ८७ व्यक्तिले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । यीमध्ये ७ सय ७५ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।