बेइजिङले प्रकोप रोकथाम र नियन्त्रणका लागि लगाइएका नर्सिङ होमको प्रतिबन्ध खुकुलो पार्ने

 जेठ ५, २०७७ सोमबार ७:१३:२ | रासस
unn.prixa.net

काठमाण्डौ - बेइजिङले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोकथाम र नियन्त्रणका लागि ६८२ नर्सिङ होममा लिइएको कडा निगरानीलाई सोमबारदेखि केही खुकुलो पार्ने बताएको छ । 

चीनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि ती संस्थामा रहेका करिब ४८ हजार जेष्ठ नागरिकहरूलाई वसन्त पर्व (स्प्रिङ फेस्टिभल) को बिदामा घर पठाइएको थियो तर जनवरी २७ पछि उनीहरू कसैमा पनि सङ्क्रमण नदेखिएपछि नर्सिङ होमलाई पुनः सञ्चालनमा ल्याउने भएको हो ।

बेइजिङ नगर नागरिक मामिला विभागका उपप्रमुख लि होङविङले आइतबार साँझ पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मे १८ पछि ती संस्थामा पारिवारका सदस्यलाई भेट्न,  घर गएका जेष्ठ नागरिकलाई फिर्ता ल्याउन, कामदारलाई फिर्ता गर्न र नयाँ कामदारलाई भर्ना गर्न दिइनेछ । तर यसका लागि नर्सिङ होमले सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक प्रक्रियालाई पालना गर्नुपर्नेछ ।’

नर्सिङ होममा फिर्ता वा नयाँ भर्ना हुने व्यक्तिहरूले १४ दिन आइसोलेसनमा र चिकित्सकको निगरानीमा बस्नुपर्ने छ भने न्युक्लिक एसिडसम्बन्धी कम्तीमा दुई वटा परीक्षण पनि गर्नुपर्नेछ ।

बेइजिङमा सन् २०१९ सम्ममा दर्ता भएका ६० वर्ष वा सोभन्दा माथिका नागरिकको सङ्ख्या ३५ लाख २० हजार रहेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया