नेपाल बैंकद्वारा ब्याजमा छुट

 जेठ ७, २०७७ बुधबार १५:५४:१० | रासस
unn.prixa.net

काठमाण्डौ - नेपाल बैंक लिमिटेडले गएको चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत बिन्दुले छुट दिने भएको छ । 

लकडाउनको कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य सबै कर्जामा छुट दिन निर्देशन दिइएको थियो ।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा बि.स. २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा बि.स. २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको ब्याजमा २ प्रतिशत बिन्दुले छुट पाउने छन् । 

बि.स. २०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र यसको हिसाब मिलान बैंकद्वारा गरिने नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैंकको आधार दर बराबरकै अर्थात् ७।८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्ने छन् ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया