१६५ भारतीय  बोकेर फर्कियो एअर इण्डिया

 जेठ ७, २०७७ बुधबार २०:४९:५३ | रासस
unn.prixa.net

काठमाण्डौ  - भारतले नेपालमा लकडाउनको कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।

भारतको राष्ट्रिय ध्वजावहक एअर इण्डियाको ए ३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाण्डौबाट फिर्ता लगेको हो । यो चार्टर्ड उडान नेपालमा रहेको भारतीय दूतावासले गरेको अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपालमा लकडाउन सुरु भएपछि भारतले पहिलो पटक आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश फर्काएको हो । 

एअर इण्डियाको चार्टर्ड उडानमार्फत १६५ भारतीय नागरिक स्वदेश फर्किएको प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले जानकारी दिनुभयो । यो अवधिमा ३५ भन्दा बढी चार्टर्ड उडान भएका छन् ।

सरकारले चैत ११ गतेदिख देशभर लकडाउन गरेको छ । पछिल्लो पटक जेठ २० सम्म लकडाउनको समयावधि थपिएको छ । सरकारले चैत ९ गते राति १२ बजेपछि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानलाई रोक लगाएको थियो ।

यो अवधिमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आजसम्म उद्धार र कार्गो उडान गरी ७१ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया