'कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुँदैन'

 जेठ ७, २०७७ बुधबार २१:०:७ | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार एक जना प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई कोरोना देखिएको हो । त्यसपछि वृत्तलाई नै सिल गरिएको उहाँले जानकारी दिनुभयो ।

दुई दिनअघि यहाँका १९ प्रहरीको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा कोभिड–१९ देखिएको थियो । यहाँ रहेका झण्डै ९२ सहित गरेर २०० प्रहरीको परीक्षण गर्नुपर्न आवश्यकता देखिएकाले सबैलाई क्वरेण्टीनमा राखिएको पोखरेलले बताउनुभयो ।

अग्रपङ्क्तिमा बसेर काम गर्ने प्रहरीमा कोभिड–१९ लाग्छ भन्ने कुरा स्वभाविक आँकलन रहेकाले सङ्क्रमण हुँदैमा प्रहरी हतोत्साही नहुने उहाँले बताउनुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको विषम परिस्थितिमा देेशमा सङ्क्रमण फैलिन नदिन प्रहरीले अझै दृढ विश्वासका साथ आफ्नो कर्तव्यमा खटिनेसमेत उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया