जमुनाह नाकाबाट बुधबार मात्र एक हजारभन्दा बढी नेपालीको उद्धार

 जेठ ८, २०७७ बिहीबार ६:३८:३३ | रासस
unn.prixa.net

बाँके - नेपालगञ्जमा रहेको जमुनाह नाकाबाट बुधबार एक हजार ३ सय २५ नेपाली भित्रिएका छन् ।

भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुधबार भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं  ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३२५ जना छन् । सबैभन्दा धैरै दैलेखका ५०१ जना  छन् । जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई बुधबार बसमार्फत नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिनुभयो । 

उद्धार गरिएका व्यक्तिलाई लिन सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र  यहाँबाट गएर सबैलाई आआफ्नो पालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको उहाँले बताउनुभयो ।

यसअघि यही जेठ २ गते एकैदिन भारतका विभिन्न क्वरेन्टीन तथा सीमाक्षेत्रमा बसेका ६ सय ८७ नेपालीलाई उद्धार गरी गृहजिल्ला पठाइएको थियो । बाँकेमा पछिल्लोपटक भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण बढी देखिएको छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया