अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काभ्रेपलाञ्चाेक – सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एकको शव फेला परेको छ ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ८ सापिङको भित्री सडकखण्डको सिलामे भिरमा बुधबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा सवार दुई जना नदीमा खसेर बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाका अनुसार प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा भएको खोजी कार्यका क्रममा आज बिहान यस नदीमा भोला महतको शव फेला परेको हो ।
उनी भुम्लु गाउँपालिका ४ का बासिन्दा भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकबाट र्याफ्टिङ ल्याएर खोज्ने क्रममा उनको शव फेला परेको र गाउँपालिका १ का २६ वर्षीय अशोक गिरीको भने अझै खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।
दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको गाडी अचानक पछाडिको दुईवटै टायर सडकबाट तल खसी कोल्टो पर्दा उनीहरु हामफालेर ज्यान बचाउन खोज्दा सुनकोशी नदीमा खसेर बेपत्ता भएकोे जनाइएको छ ।
त्यही गाडीमा सवार ३९ वर्षीया सानुमाया गिरीको बायाँ हात भाँच्चिएको र उहाँ उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।