दार्चुलाको घाँटीबगरमा सेना तैनाथ

 जेठ ९, २०७७ शुक्रबार ६:१६:२७ | रासस
unn.prixa.net

दार्चुला - नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । 

महाकाली करिडोर ९दार्चुला तिङ्कर सडक योजना० अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को गत वैशाख १४ को निर्णयअनुसार, सो सडक खण्डअन्तर्गत व्यास गाउँपालिका वडा नं २ स्थित घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि आज त्यहाँ सुरक्षा फौज तैनाथ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ हो ।

बाटो निर्माण कार्यका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली भने आज त्यहाँ गएको छ । चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गापा– १ मा पर्ने छाङरु र तिङ्कर गाउँका करिब १८२ घरपरिवारको करिब १२०० जना स्थानीयलाई सदरमुकाम खलङ्गा आवतजावतमा बाटो नभएका कारण अप्ठ्यारो हुँदै आएको छ ।

स्थानीय मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या उत्पन्न भएको थियो । स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए ।

घाँटीबगर र मौरी भिर इलाकामा पर्ने ४५० मिटर सडकखण्ड अविलम्ब सञ्चालन गर्न  जिल्ला सुरक्षा समितिबाट निर्णय भएको थियो । सडकखण्ड सञ्चालन भएपश्चात् स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्नेछन् 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • लोचन निरौला

    May 22, 2020, 6:30 a.m.

    अनि सडक बनाउन सेना तैनाथ गरेपछि सिमा रक्षा गर्न चै सडक बिभाग लाई पठाउने त होला नि हैन । उस्तै तेस्तै परे सरकारले औषधि व्यवस्था बिभागलाई पनि सिमा रक्षा गर्न पठाइदिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया