अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काभ्रेपलाञ्चोक – कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रो पटकको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।
धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ धुलिखेल अस्पतालमा पुर्याइएको केही समयपछि नै मृत्यु भएको थियो ।
उनको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले जानकारी दिनुभयो । उहाँका अनुसार आजै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको (डिस्चार्ज गरिएकाे) छ ।
महिलाको शिशु, श्रीमान् तथा आमा र बहिनीलाई समेत आइसोलेसन कक्षमा राखी उपचार भइरहेको निर्देशक डा. माकजुले बताउनुभयो । उहाँका अनुसार शिशुलाई सुरुका दिनमा हल्का जण्डिस देखिएको र शरीरमा आएका स–साना बिमिरा दैनिक रूपमा बालरोग विशेषज्ञको निगरानीले आजसम्ममा निको भएकाले डिस्चार्ज गरिएको हो ।
शिशुको दुई पटक र मृतक महिलाको आफन्तको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले डिस्चार्ज भएका शिशुसहितका आफन्तलाई सम्बन्धित जिल्लामा एक हप्ताको क्वरेण्टीनमा राख्न र क्वरेण्टीनबाट डिस्चार्ज गर्नुअघि आरडीटी गर्न सुझाव दिएको छ ।
‘यसबीचमा नवजात शिशु वा परिवारका अन्य सदस्यमा कोभिड-१९ का लक्षण देखा परेमात्र पीसीआर परीक्षण दोहोर्याउनु पर्ने हुन्छ’, निर्देशक डा. माकजुले भन्नुभयो । उहाँका अनुसार १० दिनकी महिलाको कोरोनाका कारण मृत्यु भएलगत्तै उनका शिशुसहित आफन्तको परीक्षणका लागि स्वाब सङ्कलन गरी सावधानीपूर्वक आसोलेशनमा राखिएको थियो ।
मृतकका श्रीमानका अनुसार वैशाख २४ गते महाराजगञ्जको शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भइ सिन्धुपाल्चोकमा घर गएको केही दिनपछि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
बाह्रबिसेमा रहेको अस्पतालमा आरडीटीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उपचारार्थ धुलिखेल ल्याइएको परिवारले जनाएको थियो । गएको शनिबार साँझमात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती महिला कारोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो । मन्त्रालका अनुसार कोरोनाबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो ।
ती महिलासहित नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।