अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - लकडाउनका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति पौने १० बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिनुभयो । जम्मा २ सय ६८ यात्रुमध्ये जापानमा बसोबास गर्ने १ सय ९७ नेपाली छन् ।
नेपालमा रहेको जापानी दूतावासका पहलमा निगमको वाइडबडी जहाजले चार्टर्ड उडान गरेको बताइएको छ । लकडाउनमा निगमको जापानमा यो तेस्रो पटकको चार्टर्ड उडान हो । नारितामै यसअघि यही जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रो पटक चार्टर्ड उडान गरेको थियो भने पहिलो चार्टर्ड उडान गएको चैत २८ गते निगमले नारितामा गरेको थियो ।
नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमको वाइडबडी जहाजले काठमाण्डौको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिसँग काठमाण्डौ–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।
नेपाल एयरलाइन्सले नारितामा गएको फागुन १९ गतेदेखि सीधा उडान सेवा सुरु गरेको थियो । कोभिड-१९ को सङ्क्रमण विश्वभर फैलिएपछि त्यस गन्तव्यको उडान अहिले स्थगन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राजेन्द्र रेग्मि
May 23, 2020, 7:44 a.m.जापान , कोरिया , हङकङ मात्रै होइन, अब कतार , मलेसिया, साउदी अरब , ओमान , कुवेत , बहराइन, यु ए इ तिरका नेपालीलाई पनि ल्याउनु लैजानु उडानु पर्यो नेपाल एयर लाइन्स...