४२ वर्षीया महिलालाई काेराेना सङ्क्रमण भएपछि भक्तपुरकाे दुगुरे क्षेत्र सिल

 जेठ १०, २०७७ शनिबार ९:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुर नगरपालिका वडा नम्बर-९, दुगुरे क्षेत्र सिल गरिएको छ ।

स्थानीय ४२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वरपरको क्षेत्र सिल गरिएको हो । जेठ ६ गते स्वाब लिइएको उहाँलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितलाई उपचारका लागि पाटन अस्पताल लगिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया