सर्वाेच्च अदालतकी पहिलाे महिला न्यायाधीशकाे निधनप्रति दुःख व्यक्त

 जेठ १०, २०७७ शनिबार १८:७:३४ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसदस्य सुशीला सिंह ‘शिलु’ को निधनप्रति दुःख व्यक्त गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी आयोगकी पूर्वसदस्य सिंहको यही जेठ ९ गते भएको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै यस घडीमा आयोगले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ ।

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सिंहले २०६२ जेठ १३ गतेदेखि २०६३ असार २५ गतेसम्म आयोगको सदस्य भएर काम गर्नुभएको थियो ।

आयोगले स्व. सिंहको सम्मान र सम्झनामा आयोगको केन्द्रीय कार्यालयमा तीन दिनसम्म आयोगको झण्डा आधा झुकाउने निर्णय गरेको छ । स्व सिंहको तस्बिरसहित १३ दिनसम्म आयोग परिसरमा शोक पुस्तिका राख्ने र निधन भएको १३ औँ दिनको दिन आयोगका सबै कार्यालयमा श्रद्धाञ्जली व्यक्त गर्ने निर्णयसमेत आयोगले गरेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया