बाबुले गरे निदाइरहेको छोराको घाँटी काटेर हत्या

 साउन १६, २०७५ बुधबार ९:५५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मोरङ सुनवर्षा नगरपालिका वडा नं १ घर भई लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले मध्यराति आफ्नै छोराको हत्या गरेका छन् ।

चापागाईँले श्रीमती र छोरी निदाई सकेपछि रातिको ११ः५५ बजे मासु काट्न प्रयोग हुने चुप्पीले निदाइरहेका आफ्नै १७ वर्षीय छोरा  सागर चापागाइको घाँटीमा हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार मंगलबार राति घरमा झगडा परेको थियो । यसअघि पनि विभिन्न वाहनामा श्रीमतीसँग चापागाईँको झगडा भैरहन्थ्यो । 

चुप्पीले हानेर छोराको हत्या गरेपछि चापागाईँ कोठाबाट भागेका थिए । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार प्रहरीले चापागाईँलाई कोटेश्वरतर्फ भाग्दै गर्दा पक्राउ गरेको थियो ।

चापागाईँलाई प्रहरी वृत्त थिमीमा राखेर घटनाको थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक पाेखरेलले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।                                           

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सुमन

    Aug. 1, 2018, 10:11 a.m.

    कलियुगको अन्त्य हुनलागिरहेको जस्तो मलाई लाग्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया