मृतक युवतीको स्वाब पीसीआर परीक्षणका लागि पठाइयो

 जेठ १२, २०७७ सोमबार २०:५०:१३ | रासस
unn.prixa.net

काठमाण्डाै - शङ्खरापुर नगरपालिका साँखुमा आज ज्यान गुमाएकी एक युवतीको पीसीआर परीक्षणको लागि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीया युवतीको ज्यान गएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईँले बताउनुभयो । 

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वरेण्टीनमा राखिएको थियो । उनको आरडीटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् । 

क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । आज बिहान उनको अस्पतालमै ज्यान गएको संयोजक चापागाईंले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया