अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
झापा – देशभरका विभिन्न १२ वटा लायन्स क्लबले संयुक्त रुपमा झापाका सात वटा क्षेत्रमा सीमा सुरक्षा पोस्ट (बीओपी) काे संरचना निर्माण गरेका छन् ।
सुरक्षा पोस्ट संरचना नहुँदा अस्थायी रुपमा बारबेरा गरी खटिआएका सुरक्षाकर्मीको काममा सघाउ पुर्याउन झण्डै चार लाख रुपैयाँ खर्चिएर झापाकाे माईपश्चिमका सात वटा पोस्ट निर्माण गरिएको कार्यक्रम संयोजक प्रकाश प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार लायन्स क्लब अफ् इन्टरनेशनल डिस्ट्रिक ३२५ अन्तर्गतका दमक, उर्लाबारी, विराटनगर र काठमाण्डाैका गरी १२ वटा क्लब मिलेर ती संरचना निर्माण गरिएकोे हो ।
गौरीगञ्ज गाउँपालिका २ मा रहेकाे लालमतिमा हिजो एक कार्यक्रम गरी नवनिर्मित सुरक्षा पोस्ट सशस्त्र सीमा सुरक्षा बललाई हस्तान्तरणसमेत गरिएको छ ।
सुरक्षा पोस्ट हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ् सेविकाले लायन्सले निर्माण गरेको सात वटै पोस्टका लागि वाटर डिस्पेसरसमेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रदेश १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले सीमा सुरक्षा पोस्टकाे अनुगमन गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सैलेन मादी देवान
May 27, 2020, 4:21 p.m.यो लायन्स क्लबको काम मलाई धेरै मन पर्यो सिमा सुरक्षा सङ्बेदन सिल क्षेत्रमा मा खटिएका सुरक्षा निकायलाई राज्यको तर्फबाट केही राहत थप को साथै सुरक्षा फोर्स पनि बढी बनाउन जरुरी छ।