आईसीसी बोर्ड बैठक : टी-२० विश्वकप लगायतका सबै एजेण्डाहरु जुन १० सम्मलाई स्थगित

 जेठ १६, २०७७ शुक्रबार ७:६:२५ | रासस
unn.prixa.net

काठमाण्डौ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठकले अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप लगायतका सबै एजेण्डाहरु जुन १० सम्मलाई स्थगित गरेको छ ।

बिहीबार टेलि कन्फ्रेन्समार्फत बसेको बैठकमा सबै एजेण्डामा जुन १० तारिखमा निर्णय गर्ने सहमति भएको जनाइएको छ । विश्वकप अस्ट्रेलियामा १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म आयोजना गर्ने मिति तोकिएको छ । तर, अहिले कोरोना भाइरसका कारण आसन्न  टी २० विश्वकप स्थगित गर्ने आंकलन भइरहेका बेला विहीबारको बैठकलाई अर्थपूर्णरुपमा हेरिएको थियो । 

आईसीसीले बोर्ड टेलि कन्फ्रेन्समार्फत अहिले जारी कोरोना माहामारीका कारण जनस्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै जुन १० मा बस्ने बैठकले थप निर्णय गर्ने जनाइएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया