काेराेना सङ्क्रमित जनप्रतिनिधि ६ दिनमै घर फर्किनुभयाे

 जेठ १६, २०७७ शुक्रबार १३:२३:३३ | रासस
unn.prixa.net

काठमाण्डाै – काेभिड–१९ बाट सङ्क्रमित भएपछि पाटन अस्पतालमा उपचार गराइरहनुभएकी भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्कनुभएको छ ।

गएकाे जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुमा रहेकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति उहाँकाे काेराेना रिपोर्ट पोजेटिभ आएकाे थियाे । त्यपछि उहाँलाई १० गते बिहान उपचारकाे लागि ललितपुरको पाटन अस्पतालको कोभिड आईसीयू ब्लकमा भर्ना गरिएकाे थियो ।

अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उहाँलाई बिहीबार साँझ डिस्चार्ज गरेपछि भक्तपुरको च्यामासिंमा रहेकाे घर फर्किनुभएको हो ।

वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत एक सय ६८ जनाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सामान्य बनाइसकिएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया