अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार अपराह्न शुरु भएर राति अबेरसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाध रुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहोर्याएको छ । त्यसका लागि सरकारले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले त्यसमा पार्टीको पूर्ण सहयोग र समर्थन रहने जानकारी दिनुभयो ।
सरकारले हालै जारी गरिएको नेपालको नयाँ नक्शानुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउनका लागि यही जेठ ९ गते संघीय संसदमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७ ’ विधेयक दर्ता गराएको थियो ।
यस्तै बैठकले कोरोनाविरुद्धको संघर्षमा सरकार असफल भैरहेको भन्दै पीसीआर विधिबाट परीक्षणलाई बढाउन, स्वास्थ सामग्री पर्याप्त प्रबन्ध गर्न, क्वारेन्टीनहरुलाई मापदण्ड अनुरुपको बनाउन, आइसोलेसन वार्डको संख्या व्यापक वृद्धि गर्न, अत्यावश्यक भेन्टिलेटरको पर्याप्त जोहो गर्न माग गरेको छ ।
यस्तै सरकारसँग विपन्न तथा मजदुरलाई राहत वितरण, विदेशमा अलपत्र परेकालाई उद्धार गर्नुपर्ने लगायतका माग पनि काँग्रेस केन्द्रीय समितिले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।