अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
रसुवा – पूर्वसावधानी अपनाएकाे कारण रसुवा जिल्ला अहिलेसम्म कोभिड–१९ मुक्त भएको छ । चीनको वुहानमा कोरोना भाइरस सुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गएकाे माघ १५ गतेदेखि नेपालको उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट आवत जावतमा रोक लगाइएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीयवासी सचेत भएकाेले भाइरसबाट अहिलेसम्म जिल्ला सुरक्षित भएको बताउनुभयो ।
रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिका, रेडक्रस, सुरक्षा अङ्ग, स्वास्थ्यकर्मी, सामाजिक सङ्घ संस्थालगायत निकायबाट नागरिकमा जनचेतनाको कार्यक्रम, लकडाउनकाे पूर्णपालना, क्वरेण्टीन एवं आइसोलेशन शय्याको तयारी तथा चिकित्सक एवं स्वास्थ्य सामग्रीको जोहोसमेतले अहिलेसम्म रसुवा कोरोना भाइरसको समस्याबाट मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।
जिल्ला बाहिरबाट आएका व्यक्तिको निगरानी र शङ्कास्पदको तुरून्तै परीक्षणले गर्दा सफल भइएको उहाँको भनाइ छ । क्वरेण्टीनमा अहिलेसम्म १९ व्यक्ति छन् । तीमध्ये ११ जना भारतबाट आएका छन् । जिल्ला बाहिरबाट आएका स्थानीयवासीलाई क्वरेण्टीनमा राखी स्वाब परीक्षण गरेर मात्र घर पठाउने गरिएको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।