प्रदेश २ मा कोरोना सङ्क्रमित ६ सय ९५ पुगे

 जेठ २०, २०७७ मंगलबार ६:११:५६ | रासस
unn.prixa.net

धनुषा - प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६ सय ९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले सोमबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो ।

जानकारी अनुसार सप्तरीमा १२ जना, महोत्तरीमा २जना, सिरहामा ५जना, सर्लाहीमा ३८ जना, धनुषामा ७ जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएका हुन्  ।

यस अवधिमा थपिएका सबै जना केही दिनअघि भारतबाट आएका थिए । यस प्रदेशमा आजसम्ममा १५ हजार ७ सय ७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ३ सय ५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७ सय २८ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले जानकारी गराउनुभयो ।

यस प्रदेशमा अहिलेसम्म ६ हजार ६८२ जना आरडीटी परीक्षण गरिएकामा ५० जना रिपोर्ट पोजिटिभ आएको छ । यस प्रदेशमा भारतबाट भित्रिनेको चाप बढ्दै गएपछि क्वरेन्टीनको सङ्ख्या पनि थपिएको छ । क्वारेन्टिनमा अहिले २२ हजार ९१८, होम क्वरेन्टीनमा  पाँच हजार २०५ र आइसोलेशनमा ३ सय ९५ जना बसेका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया