जेठ २५ भित्रै कर बुझाउन राजस्व विभागको ताकेता

 जेठ २०, २०७७ मंगलबार १३:४४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले पछिल्लो पटक थप गरिएको म्याद जेठ २५ गतेभित्रै कर बुझाउन ताकेता गरेको छ । 

कोरोना सङ्क्रमणको जोखिमका कारण लकडाउन गरेको सरकारले कर भुक्तानी तोकिएकै मितिमा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना निकालेको हो ।

आन्तरिक राजस्व विभागले निकालेको सूचनाअनुसार २०७६ साल फागुन र चैत महिनाको कर विवरण, माघ र फागुनको द्विमासिक र मंसिरदेखि फागुनको चौमासिक कर विवरण तथा विवरण अनुसारको कर जेठ २५ गतेसम्म बुझाउनुपर्नेछ । 

फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दुरसञ्चार सेवा दस्तुर पनि जेठ २५ गतेसम्म बुझाउन भनिएको छ । 

त्यस्तै २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम जेठ मसान्तसम्म दाखिला गर्नुपर्नेछ। 

पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउन बढाएको सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भूक्तानी गर्न भनेको हो । आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जरिवाना नलाग्ने पनि उल्लेख गरेको छ ।

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया