अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - आउँदो आर्थिक वर्ष २०७७-७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ ।
सङ्घीय सरकारले आउँदो आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ घोडामौलामा १० मेगावाटको हिमा जलविद्युत् आयोजनाको सभ्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका रोजगार संयोजक हंशराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयोजना अध्ययनका लागि सङ्घीय सरकारले रु २९ लाख पाँच हजार बजेट विनियोजन गरेको छ ।‘
त्यसैगरी हुम्लाको १० मेगावाटको दार्म नदी जनविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका इञ्जीनियर माधव प्याकुलले बताउनुभयो । उक्त आयोजना अध्ययनका लागि रु दुई करोड पाँच लाख आठ हजार रकम विनियोजन भएको छ ।
डोल्पाको ५०० मेगावाट जलविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले रु पाँच करोड ५८ लाख ८६ हजार रकम विनियोजन गरेको छ । सङ्घीय सरकारले देशभर २३ जलविद्युत् आयोजना अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।