कोरोना नियन्त्रणका लागि स्थानीय पदाधिकारीलाई अनलाइन प्रशिक्षण

 जेठ २९, २०७७ बिहिबार १४:३०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्यले स्थानीय पदाधिकारीका लागि अनलाइन प्रशिक्षण दिन सुरु गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेण्ट स्टडिजमार्फत प्रशिक्षण सुरु गरेको हो ।नगरपालिकाका उपमेयरहरु पालिकाका न्यायीक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । 

पालिकाका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट सञ्चार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिनसम्म प्रशिक्षण दिइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिनुभयो । 

जुममार्फत सञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् । कोरोनाबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषयबारेमा प्रशिक्षण दिइने जानकारी गराइन्छ । 

उहाँले प्रशिक्षण कक्षमा १५ जना सहभागी राखिएको र जुममार्फत ८० प्रतिशतभन्दा बढी स्थानीय प्रतिनिधिलाई समावेश गराइएको जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे यूएनडीपीका आवासीय प्रतिनिधि आइशानी लाबेले उत्थानशील एवं दिगो समुदाय निर्माणमा यूएनडीपीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  सहकार्यका विषमा प्रकाश पार्नुभएको थियो ।

५ दिनसम्म चल्ने अनलाईन प्रशिक्ष्णमा संकटमा सञ्चार र जोखिममा परेकाहरुसंगको संवाद, राष्ट्रिय सुरक्षा र संकटमा आकस्मिक सेवा, आकस्मिक जनस्वास्थय र स्थानीय तहको भूमिका, संकटमा नेतृत्व विषयमा जानकारी दिईने छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया