मेची पुलमा नयाँ नक्सा राखियो

 जेठ २९, २०७७ बिहीबार १४:२१:१२ | रासस
unn.prixa.net

फाइल फोटो

झापा - नेपालको पूर्वी सीमा नाका काँकडभिट्टाको प्रवेशद्वारमा रहेको मेची पुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठनको रूपमा रहेका राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा बिहीबार त्यो ठाउँमा नक्सा राखिएको हो ।

पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होर्डिङ बोर्डमा नयाँ नक्सा प्रदेश नम्बर १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो । सांसद बुढाथोकीले राष्ट्रियताको सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया