विश्व बैंकले नेपाललाई ५४ अर्ब ऋण उपलब्ध गराउने

 जेठ २९, २०७७ बिहीबार १५:४९:१९ | रासस
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप ५४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सडक सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीकाे लागि मार्ग निर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीकाे अवसर प्रदान गर्ने परियोजनाकाे निम्ति बैंकले रकम आज स्वीकृत गरेको हो ।

नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डको सुधार तथा कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नतिकाे निम्ति स्वीकृत रकमबाट नेपालकाे रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजनाका साथै क्षेत्रीय सडक सम्पर्क बढ्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजना भारत र अन्य देशसँगको सम्पर्क तथा व्यापार बढाउन महत्वपूर्ण हुने, परियोजनाले सीमा नाकामा व्यापार अनुकूल भौतिक पूर्वाधार तथा अवरोधरहित कृषि उपजको निर्यातमा टेवा पुग्ने बैंकले निकालेकाे विज्ञप्तिमा जनाइएको छ ।

कोभिड–१९ को महामारीलाई दृष्टिगत गरी परियोजना अन्तर्गत सीमा नाकामा आयात–निर्यात हुने वस्तु र त्यसमा संलग्न व्यक्तिको सुदृढ परीक्षण, विशेष कार्यव्यवस्था, सुरक्षित सामाजिक दुरी र भौतिकरुपमा टाढैबाट कार्यसम्पादनको व्यवस्था गरिनेछ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Manoj thakur

    June 11, 2020, 4:48 p.m.

    lone लिने र tax बदाउने मात्र नेपाल सरकार को मात्र काम छ

  •  0 Reply

तपाईको प्रतिक्रिया