कांग्रेसले नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने तयारी गरेप...
बैशाख ३०, २०८१ आइतबार
काठमाण्डौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
त्यस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेतृत्वमा भएको बेला केही नयाँ बनाएर जानुपर्ने बताउनुभयो । भावी पुस्ताले पनि त्यसलाई निरन्तरता दिने गरी अहिलेको नेतृत्वले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले केही निर्णय गरेको भन्दै मन्त्री अर्यालले कार्यालय सञ्चालन गर्ने सन्दर्भमा भिडभाड कम गरेर सञ्चालन गर्न निर्देशन दिनुभयो ।
मन्त्री अर्यालले भन्नुभयो, ‘कार्यालयमा भिडभाड कम गर्नकाे लागि दुई शिफ्टकाे नियम लागू गरेर कार्यालय सञ्चालन गर्नुस् ।’ कोरोनाले नयाँ चुनौती थपेको भन्दै उहाँले अहिले धेरै मान्छेहरु विदेशबाट स्वदेश फर्किएकाले ती मान्छेहरुलाई पनि सहकारीमार्फत रोजगारी दिन सकिने बताउनुभयो ।
‘अहिले परिस्थिति फेरिएको छ । कोरोना महामारीकाे कारण विदेशमा रहेका धेरै नेपालीहरु स्वदेश फर्किएका छन् । उनीहरुलाई पनि रोजगारी दिनुपर्ने अवस्था छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘हामीसँग रहेको यत्रो सहकारीमार्फत धेरैलाई रोजगारी दिन सक्छौ ? त्यसको आँकलन गर्न जरुरी छ ।’
ठूलो सङ्ख्यामा रहेको सहकारीको अनुगमन सरकारले गरिरहेको भए पनि त्यो अत्यन्त न्यून रहेकाले त्यसको प्रभावकारिता थप वृद्धि गर्न के गर्ने भन्ने सन्दर्भमा पनि सोच्न जरुरी रहेको मन्त्री अर्यालले बताउनुभयो ।
अहिले नै सहकारीलाई राम्रोसँग नियमन गर्न नसकेमा भविष्यमा ठूलो चुनौती हुन सक्ने उहाँको भनाईइथियो । ‘हामीले राम्रोसँग अनुगमन गर्न सकेनौँ भने भोलीिठूलो जोखिम हुनसक्छ । यसलाई समयमै सचेत हुनुपर्ने अवस्था छ । यस विषयमा केही विज्ञसँग पनि छलफल गरौँ । अनुगमन राम्रोसँग गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
सहकारीका प्रशिक्षणहरु पनि कसरी भइरहेका छन् ? त्यसको प्रतिफल कस्तो भइरहेको छ ? भन्ने बारेमा समीक्षा गर्नुपर्ने बेला आएको मन्त्री अर्यालले बताउनुभयो । अबको प्रशिक्षणको डिजाइन फरक ढङ्गले गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव केदार न्यौपानेले आफ्नो कार्यालयको वातावरण स्वच्छ राखेमा कामकाज गर्दा पनि स्वच्छता महसुस हुने बताउनुभयो ।
सचिव न्यौपानेले जनतासँग सरोकार राख्ने कार्यालय भनेको मालपोत र नापी कार्यालय रहेको भन्दै ती कार्यालयहरुमा पनि सरसफाइ तथा सेवामा स्वच्छता प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सहकारी विभागका रजिस्ट्रार डाक्टर टोकराज पाण्डेले सहकारी विभागको सेवालाई प्रभावकारी बनाउनुका साथै कार्यालयलाई पनि स्वच्छता प्रदान गर्नकाे निम्ति कार्यालय र कार्यालय वरिपरिको वातावरणलाई राम्रो बनाइएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।