भारतमा यातायात र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान

 जेठ ३१, २०७७ शनिबार ७:४९:२ | रासस

काठमाण्डाै - भारतका केन्द्रीय गृह सचिव अजय भल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान गर्नुभएको छ । 

शुक्रबार पत्र लेख्दै उहाँले बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म बस, ट्रकलगायत सञ्चालनमा अवरोध नगर्न आह्वान गर्नुभएको हो । सामाजिक दुरीलाई ख्याल गर्दै आफ्ना गतिविधिहरू गर्न दिने सरकारको नीति अनुसार नै राजमार्गहरुमा उनीहरुलाई सहज सञ्चालनका लागि आग्रह गरिएको मन्त्रालयको भनाइ छ । 

उहाँले लकडाउनलाई खुकुलो बनाउनका लागि केही नयाँ व्यवस्थासहित निर्देशिका जारी गरिएको पनि जानकारी दिनुभएको छ ।

“अत्यावश्यक सेवा तथा कार्यबाहेक अन्य कार्यका लागि प्रतिबन्ध लगाइएकोमा अब केही खुल्ला गरिएको छ । विषेश गरेर बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि खुल्ला गरिएको हो,” उहाँले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।  

जुनसुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गर्ने विषयमा भने ध्यान दिन पनि उहाँले आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया