अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – विश्वव्यापी महामारीकाे रूपमा फैलिएको कोभिड-१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्वक्रिकेटर तथा कप्तान शाहिद अफ्रिदीले आफूमा काेराेना सङ्क्रमण देखिएकाे बताएका छन् ।
ब्याटिङ र बलिङ दुवैका लागि विश्वचर्चित ४५ वर्षीय अलराउण्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
उनले भने, 'म गएको बिहीबारदेखि अस्वस्थ भएकाे छु । मेरो शरीरमा असह्य पीडा भएपछि स्वास्थ्य परीक्षण भएको छ । दुःखको कुरा मलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।'
उनले भने, 'सबैको प्रार्थना मेरो स्वास्थ्य सुधारकाे लागि भगवानको आशीर्वाद बन्नेछ ।' सन् १९९६ देखि २०१८ सम्म राम्रो लय प्रदर्शन गर्दै पाकिस्तानकाे लागि विभिन्न खेलमा इतिहास रच्न सफल उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू अझै पनि कायम रहेका छन् ।
अफ्रिदीले कोरोना भाइरसबाट प्रभावित पाकिस्तानी नागरिककाे लागि बस्तीबस्तीमा पुगेर सहयाेग गर्दै आएका थिए । गएको हप्ता उनले एएफपीसँग कुरा गर्दै भनेका थिए, 'म पाकिस्तानी जनतालाई सहयोग गर्न पाउँदा खुसी छु । मैले सहयोगकाे लागि समुदायमा जाँदा मास्क लगाउने र निसङ्क्रमित हुने आवश्यक सबै सावधानीलाई अपनाउने गरेको छु । यतिबेवेला विश्व मानवीय सहयोगका लागि कठिन अवस्था छ ।'
अफ्रिदीको स्वास्थ्य सुधारको कामना गर्दै प्रार्थनासहितका शुभकामना सामाजिक सञ्जालमा उच्च महत्वका साथ सम्प्रेषण भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।