अदालतमा व्यवस्था गरिएको दोभाषेकाे अपेक्षाकृत प्रयोग भएन

 साउन १७, २०७५ बिहिबार १६:३८:८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – जिल्ला अदालत पाँचथरमा दुई वर्षअघि व्यवस्था गरिएको दोभाषेहरु अपेक्षाकृत रुपमा प्रयोगमा आउन सकेका छैनन् ।

वादी–प्रतिवादीका बकपत्र उठाउने क्रममा नेपाली भाषा बोल्न समस्या हुनेहरुलाई मध्यनजर गर्दै अदालतमा आठ भाषाका १४ दोभाषेको व्यवस्था गरिएको छ ।

दोभाषे व्यवस्था गरिएको दुई वर्ष हुँदा एक जना दोभाषेको मात्र प्रयोग भएको अदालतका श्रेष्तेदार तथा सूचना अधिकारी टिकेन्द्रवीरजंग राणाले बताउनुभयो ।

लिम्बू भाषामा एकजना दोभाषेको प्रयोग भएको श्रेष्तेदार राणाको भनाई छ ।

जिल्ला अदालत पाँचथरमा लिम्बू भाषाका पाँच, राई र मगर भाषाका दुई–दुई, तामाङ, नेवारी, शेपार्, तामाङ हिन्ीद र अंगे्रजी भाषाका एक–एक जनालाई दोभाषेको परिचय पत्र दिएकोे छ । 

दोभाषेको लागि अदालतले पारिश्रमिकको समेत व्यवस्था गरेको छ ।

अदालतको काम कारबाहीलाई प्रभावकारी बनाउन दोभाषे प्रयोगसम्बन्धी निर्देशिका २०७२ अनुसार जिल्ला अदालतले दोभाषेको व्यवस्था गरेको हो ।


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया