नेपाल भलिबल संघले फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता गर्ने

 साउन १७, २०७५ बिहिबार १८:२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल भलिबल संघले पहिलो पटक फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । 

संघले भारतको गैरसरकारी संस्था आधी आवादी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधी आवादी फाउण्डेसनका सिइओ दिनेश कुमार सिंहबीच प्रतियोगिता आयोजना सम्बन्धी सम्झौता भयो ।

१० वर्षसम्म कायम हुने सम्झौता अनुसार प्रतियोगिता आयोजनाको सम्पूर्ण जिम्मेवारी आधीआवाधीको हुनेछ । 

यससँगै प्रतियोगिता सञ्चालनका लागि आधाआवाधीले प्रायोजक समेत आफैं खोज्नेछ । यस्तै नेपाल भलिबल संघलाई प्रत्येक वर्ष १५ लाख समेत प्रदान गर्नेछ ।

आज आयोजित कार्यक्रममा सिइओ सिंहले आठ लाखको चेक समेत हस्तान्तरण गरे ।

प्रतियोगिताको विजेताले ६ लाख पाउनेछन् भने दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले एक लाख ५० हजार हात पार्नेछन् । 

यो रकम नेपाल नेपालकै सर्वाधि पुरस्कार राशी समेत हो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान टिभीएस स्कुटर र नगद ५० हजार जित्नेछ ।

प्रतियोगितामा तीन विभागीय टिमसहित ६ टिमको सहभागिता रहनेछ । विभागीय बाहेक बाँकीलाई फ्रेन्चाइजी टिमको संरचनामा लगिनेछ ।

नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबसँगै चितवन टाइग्रेस, काठमाडौं क्वीन्स र पोखरा पिन्केजले प्रतियोगिता खेल्नेछन् ।

विभागीय बाहेक तीन टिमका लागि मालिकको खोजी भइरहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए । 

टिमका मालिकले खेलाडी अनुबन्ध गर्नेदेखि उनीहरुको पारिश्रमिक, खानपिन र बसोबासको समेत व्यवस्था गर्नुपर्नेछ ।

प्रत्येक टिमलाई आयोजकले तयारीका लागि एक लाख ५० हजार दिने पनि बताइएको छ ।

आगामी अक्टोबरको पहिलो साता हुने भनिएको प्रतियोगिताको मिति भने केही समयमा तय हुने नेपाल भलिबल संघका महासचिव जिनेन्द्र बहादुर चन्दले जानकारी दिए ।
फाउण्डेसनका सिइओ सिंहले प्रतियोगिता संचालन गर्नका लागि आवस्यक पूर्वाधारको व्यवस्था समेत गरिदिने जानकारी दिए । फाउण्डेसनले रेफ्री स्ट्याण्ड, पोल कभर र अपुग भलिबल म्याच पनि ब्यवस्था गर्नेछ ।

आधाआवाधीका नेपाल संयोजक सुर्य गुरुङले राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलको समेत मर्मत सम्हार गर्ने बताए ।

कार्यक्रममा नेपाल भलिबल संघका पदाधिरी, आधाआवाधी फाउण्डेसनका पदाधिकारी, भलिबल खेलाडी, प्रशिक्षक, रेफ्री लगायतको सहभागिता थियो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया