अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – खानेपानी मन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले असारमा परीक्षण सकिएपछि पानी काठमाण्डाै झारिने बताउनुभयो ।
उहाँले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराउनुभयो । पानीको वितरण काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नै गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, 'पानी घरघरमा पुग्ने कुरामा शङ्का गर्नुपर्ने अवस्था छैन ।'
याे आयोजना समयमा सम्पन्न नहुँदा काठमाण्डाैवासी मात्रै नभएर सबै नेपाली निराशलाई निराश बनाएको उहाँको भनाइ थियो । आयोजना सञ्चालनकाे क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निराशा देखिएको उहाँले बताउनुभयाे । आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदुरको आन्दोलनलगायतका समस्या आएको मन्त्री मगरले बताउनुभयो । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'सबै चुनौती भए पनि आगामी आवको सुरुमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ ।'
मन्त्रालयलाई भर्खर मात्रै क्वरेण्टीनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यो कार्यान्वयनमा लागेको मन्त्री मगरले बताउनुभयो । अहिले आवश्यकता अनुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उहाँको भनाइ छ ।
खानेपानी तथा सरसफाइ विधेयक सदनमा छलफलकाे क्रममा रहेको र यसै अधिवेशनबाट पारित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले तय गरेको १५औँ योजनामा सबैमा खानेपानी पुग्ने लक्ष्य लिइएकाेमा आगामी आवको अन्त्यसम्म ९४ प्रतिशत आधारभूत खानेपानी पुर्याउने र ३२ प्रतिशतमा मध्यम तथा उच्चस्तरको स्तरको खानेपानी पुर्याउने गरी बजेट विनियोजन गरी त्यही अनुसार कार्यक्रम कार्यान्वयन हुने बताउनुभयो ।
मन्त्री मगरले सबै घरधुरीमा शौचालय पुगेर नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेकाेले अहिले यसको निरन्तरता पालिकाले दिइरहेको बताउनुभयो । तीनै तहको सरकारको समन्वयमा पूर्ण सरसफाइ उन्मुख कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । प्रदेश र पालिकासँग योजना तथा कार्यक्रमसँग दाहोरोपना नहुने गरी मन्त्रिपरिषद्ले भौगोलिक विकटतालाई हेरेर तराईमा १५ हजार, पहाडमा पाँच र हिमाली क्षेत्रमा एक हजार जनसङ्ख्यासम्म लक्षित कार्यक्रम मन्त्रालयबाट सञ्चालन हुने निर्णय गरेको उहाँले बताउनुभयो । त्यसभन्दा कम जनसङ्ख्या लक्षित कार्यक्रम प्रदेश र पालिकाबाट कार्यान्वयन हुनेछ ।
विगतका अधुरा आयोजनामध्ये क्रमागत आयोजनालाई निरन्तरता दिइएको उहाँको भनाइ थियो । खानेपानी चरम अभाव रहेका स्थानलाई प्राथमिकता दिएर क्षेत्रीय सन्तुलन मिलाइएको छ । मन्त्रालयले अभाव रहेका सुक्खा क्षेत्रमा ‘लक्षित जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना’ सञ्चालन गरेको छ ।
मन्त्रालयले आगामी आवमा नयाँ कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम, पालिकाकाे प्रशासनिक केन्द्र, पहाडी तथा दुर्गम क्षेत्रका बजारमा लक्षित आयोजनाकाे लागि बजेट विनियोजन गरेको छ । ती आयोजना आगामी तीन वर्षमा सम्पन्न हुनेछन् । मध्यम तथा ठूला शहरमा २४ घण्टा पानी मिलाउने १४ मध्यम तथा ठूला शहरमा आयोजना सम्भाव्यता अध्ययन भएको छ । यी आयोजनामध्ये आगामी आवमा पाँच आयोजनाको विस्तृत अध्ययन गरिने उहाँले बताउनुभयो ।
एकीकृत खानेपानी तथा सरसफाइ आयोजना विभिन्न शहरमा सम्भाव्यता अध्ययन गरी आगामी आवमा पाँच आयोजनामा विस्तृत आयोजना अध्ययन गरिने मन्त्री मगरले बताउनुभयो ।
तराई मधेशमा जनसङ्ख्या अनुरुप भूमिगत पानी घटिरहेकाले ठूला नदीमा आधारित थोक वितरण प्रणाली सञ्चालन गरिने मन्त्री मगरले जानकारी दिनुभयो । त्यस क्षेत्रमा आर्सेनिक समस्या समाधान गर्न अहिले प्रदेशबाट कार्यान्वयन भइरहेका आयोजना सम्पन्न गर्न बजेट विनियोजन भएको छ । मन्त्रालयले खानेपानी सेवा नपुगेका बस्ती तथ्याङ्क सङ्कलन गरी खानेपानी सरसफाइ स्वच्छता अभियान वास योजना तयार गर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।