अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
चितवन - चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती चराउनु ऐन विपरीत हुने भन्दै चरनका लागि रोक लगाइएको छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सौराहालगायतका पर्यटकीय क्षेत्रका निजी हात्ती चराउन पाउनुपर्ने माग आइरहेको बेला निकुञ्जले ऐन विपरीत हुने स्पष्ट पारेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्ज ऐनमा अनुमतिबिना घरपालुवा जनावर र मानिस निकुञ्ज प्रवेश गर्न निषेध गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले अहिलेको निकुञ्ज ऐनले निजी हात्तीलाई निकुञ्ज प्रवेश गर्न नदिएको बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान भएको भन्दै उहाँले घरपालुवा जनावरबाट रोग सर्न सक्ने र वन्यजन्तुको बासस्थानमा असर गर्ने भएकाले निजी हात्तीलगायतका जनावर निकुञ्ज प्रवेश गराउन नहुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।