दैलेखमा काेराेना जितेर घर फिर्नेकाे सङ्ख्या ३३४

 असार ५, २०७७ शुक्रबार ९:३:१९ | रासस
unn.prixa.net

दैलेख – कोरोना सङ्क्रमणको उच्च जोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्याङ्कले भने कोरोना जितेर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन थीरप्रसाद रेग्मीले बिहीबारसम्म काेराेना जितेर घर फिर्नेकाे सङ्ख्या तीन सय ३४ पुगेकाे जानकारी दिनुभयो । क्वरेण्टीन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पीसीआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।

दैलेखमा कोरोना सङ्क्रमित सात सय २१ पुगेका छन् । झण्डै एक हजार जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • देबिका बुढा क्षेत्री

    June 19, 2020, 9:52 a.m.

    यो सबै PCR test negative आएर गन्ती गरिएको छैन । दुई पटक सम्म pcR test positive आएकोलाइ नि गन्ती गर्दै घर पठाउदै गरिएको छ । येस्तो नगरियोस सरकार । PCR negative आए पछि मात्र गणना गरियोस अनि घर पठाइओस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया