‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठ...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – शारीरिक सुगठन तथा फिटनेस सङ्घले जिमखाना खोलिदिन जिल्ला प्रशासन कार्यालयसँग माग गरेको छ । सङ्घका प्रतिनिधिले काठमाण्डाै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आठ बुँदे नियम लागू गर्दै जिमखाना खुलाउन पाउनुपर्ने माग गरेका हुन् ।
कोरोना भाइरस सङ्क्रमणविरुद्ध औषधि पत्ता नलागिसकेकाे अवस्थामा शारीरिक व्यायामले यसविरुद्ध लड्न सकिने भन्दै सङ्घले बन्द गरिएका जिमखाना र फिटनेस सेन्टर खोलिदिन माग गरेको हो ।
काठमाण्डाैमा मात्र दुई सयको सङ्ख्यामा जिमखाना तथा फिटनेस सेन्टरहरु छन् । व्यवसाय बन्द हुँदा कर्मचारीहरुको तलब, घरभाडा, बैंकको ब्याज, बिजुली, सरकारलाई तिर्नुपर्ने करकाे लागि समस्या भएको उनीहरुको गुनासो छ ।
जिम प्रवेश गर्दा तापक्रम नाप्ने, साबुन पानीले हात खुट्टा धुने, स्यानिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, प्रत्येक एक घण्टाको प्रयोगपछि मेसिनहरु स्यानिटाइज गर्ने, मास्क, पन्जा, जिम हलभित्र मात्र लगाइने लुगा र जुत्ता अनिवार्य गरिने, एक घण्टामा १० जनामात्र प्रवेश गर्न पाउने र एक घण्टापछि आधा घण्टा जिम सफा गर्न छुट्याइने नियमहरु पालना गर्ने सङ्घले सुझाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।