नेपाली फुटबल टोली अभ्यास खेलका लागि थाइल्याण्ड प्रस्थान

 साउन १८, २०७५ शुक्रबार ११:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेलका लागि आज थाइल्याण्ड प्रस्थान गरेकाे छ ।

साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय टोली र एसियन गेम्स खेल्ने यू–२३ टोलीका खेलाडी समावेश संयुक्त टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जान लागेको एन्फाले जनाएको छ ।

थाइल्याण्डमा नेपालको दुई छुट्टै टोलीले मैत्रीपूर्ण खेल खेल्नेछन् । नेपालको राष्ट्रिय टोली आउँदो मंगलबार त्यहाँको पुलिस तेरोसँग खेल्नेछ भने नेपालको यू–२३ टोलीले अर्को शुक्रबार थाइल्याण्डको यू–२३ टिमसँग अभ्यास खेल खेल्नेछ । 

थाइल्याण्ड भ्रमणका लागि मुख्य प्रशिक्षक योतुकु कोजीले २९ खेलाडीको नाम तयार गरिसकेका छन् । यस्तै एसियन गेम्सकालागि पनि कोजीले २० सदस्यी खेलाडी छनोट गरिसकेका छन् ।

एसियन गेम्सको समूह डी मा रहेको नेपालले पहिलो चरणमा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ । बंगलादेशमा आगामी सेप्टेम्बरमा आयोजना हुने साफ सुजुकी कपको खेल तालिका पनि सार्वजनिक भइसकेको छ ।

दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने साफ च्याम्पियनसिप सेप्टेम्बर ४ देखि १५ सम्म ढाकास्थित बंगलबन्धु नेशनल स्टेडियममा हुनेछ ।

म्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, पाकिस्तान र भुटान समूह ए मा छन् भने भारत, माल्दिभ्स र श्रीलंका समूह बी मा छन् ।

सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग सेप्टेम्बर ४ मा खेल्नेछ । 

त्यही दिन बंगलादेशले भुटानसँग खेल्नेछ । नेपालले दोस्रो खेल सेप्टेम्बर ६ मा भुटान तथा तेस्रो खेल सेप्टेम्बर ८ मा बंगलादेशसँग खेल्नेछ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया