मकवानपुरमा बस पल्टिँदा ३५ जना घाइते
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले एथ्लेटिक बिल्वाओसँग खेल्दैछ । यी दुई टिमबीचको खेल राति पौने २ बजे हुनेछ ।
बिल्बाओकाे घरेलु मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अनुमान छ । बार्सिलोनाको लागि यो खेल रियल मड्रिडलाई उछिन्ने खेल हुनेछ भने बिल्बाओलाई प्रदर्शन सुधारको मौका रहेको छ ।
अङ्क तालिकामा समान अङ्क भए पनि गोल अन्तरकाे आधारमा रियल मड्रिडभन्दा पछि परेको बार्सिलोनालाई आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । ३० खेलमा ६५ अङ्क जोडेको रियल मड्रिड तालिकाको शीर्ष स्थानमा छ भने समान अङ्क भए पनि गोल अन्तरकाे आधरमा बार्सिलोना दोस्रो स्थानमा छ ।
यस्तै राति सवा ११ बजे हुने खेलमा एथ्लेटिको मड्रिड र लेभान्ते तथा भालाडोलिड र गेटाफेबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।