१३ वर्षमा गरेको बिहे १३ दिनमै टुट्यो

 असार ९, २०७७ मंगलबार १६:४२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेकी अनिता चाईको बिहे आजभन्दा २५ वर्षअघि १३ वर्षकै उमेरमा भारतको बहराइच जिल्लाका एक युवकसँग भएकाे थियो । 

बिहेको दिन श्रीमानको घर पुग्नुभएकी सानी अनितालाई उमेर नपुगेको कारण तीन दिनमै माइती फर्काइयो । त्यसकाे दुई वर्षपछि अनितालाई त्यतिबेलाको रीति अनुसार फेरि बिहे गरेकाे घर पठाइयो । दोस्रो पटक घर पुग्दा १५ वर्षकी अनितालाई थाहा भयो श्रीमानको माया अर्कीसँग बसिसकेको रहेछ भन्ने । श्रीमानले अर्कै केटीलाई मन पराउन थालेपछि सासुससुरा र श्रीमानको व्यवहार पनि अनितालाई सह्य भएन, उहाँ माइती घर बाँके नै फकर्नुभयो ।

२०५७ सालमा अनिताले बाँकेमा रहेको महिला तथा बालबालिका कार्यालयबाट सिलाइ कटाइ सिक्ने अवर पाउनुभयो ।

एकल, दलित, महिला र गरिब विपन्नस्तरका महिलालाई सिकाइने तालिममा बसेपछि अनिताको सिलाइ कटाइको यात्रा सुरु भयो ।

अनिताले २५ वर्ष पुग्दा नागरिकता बनाउनुभयो । 

१३ वर्षको उमेरमा सुरु भएको वैवाहिक यात्रा पहिलो पटक तीन दिन र दोस्रो पटक १० दिन गरी जम्मा १३ दिनमात्र श्रीमानको घर बसेपछि टुङ्गियो तर उहाँको जीवन भने लोभलाग्दो गरी चलिरहेको छ । 

पहिले घर छोडेर माइती बसेकी भन्दै कुरा काट्ने गाउँले अहिले अनिताको प्रशंसा गर्छन् । अनिताको आँट, काम देखेर तारिफ गर्छन् । 

 

 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया