अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बिउ नपाएर किसान छट्पटिएकाले तत्काल मल र बिउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गरे । उनीहरुले कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदानलाई नभुल्न सरकारको ध्यानाकर्षण गराउँदै देशव्यापी रुपमा देखिएको मल तथा बिउ अभावको समस्या समाधान गर्न माग गरे ।
सांसद लक्ष्मीकुमारी चौधरीले प्रश्न गर्नुभयो, ‘मल बिउ नपाएर किसानले कहिलेसम्म रुनु पर्ने हो ?’ सांसद भरतकुमार शाहले किसान धमाधाम बर्खे खेती लगाउन व्यस्त रहेको अवस्थामा रासायनिक मलको चरम अभाव भएको जनाउनुभयो । सांसद राजेन्द्रकुमार राईले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गर्नुभयो ।
सांसद वृजेशकुमार गुप्ताले सामुदायिक विद्यालयको गुणस्तर दिन प्रतिदिन खस्कँदै गएकोले तत्काल शैक्षिक गुणस्तर सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अस्थायी, राहतलगायत शिक्षकलाई हटाएर स्थायी शिक्षक मात्र राख्न सरकारसँग माग गर्नुभयो ।
सांसद रानी मण्डलले क्वरेण्टीनबाट कोरोना सर्ने अवस्था आएको उल्लेख गर्दै यसलाई व्यवस्थित बनाउन माग गर्नुभयो । उहाँले क्वरेण्टीनहरुको अवलोकन गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद भीमसेनदास प्रधानले सवारी साधनमा भौतिक दुरी कायम गर्न कठिन हुने भएकोले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिन माग गर्नुभयो ।
सांसद भैरवबहादुर सिंहले सुदूरपश्चिममा भारतबाट आउने क्रम नरोकिएकोले कोरोनाको चुनौती थप बढेको जनाउँदै क्वरेण्टीनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मीना सुब्बाले मृत्युपछि मात्र कोरोना परीक्षणको रिपोर्ट आएकोले यसको नियन्त्रणमा सरकार चुकेको आरोप लगाउनुभयो ।
सांसद मनकुमारी जिसीले विदेशमा अलपत्र नागरिकलाई उद्धार गरेर ल्याउनु सरकारको सकारात्मक कदम भएको उल्लेख गर्दै क्वरेण्टीनलाई थप व्यवस्थित बनाउन माग गर्नुभयो । सांसद महेश्वरराज गहतराजले महिला हिंसा र जातीय विभेदको घटना बढेकोमा चिन्ता व्यक्त गर्दै सामाजिक अपराध नियन्त्रण गर्न ठोस कदम चाल्न आग्रह गर्नुभयो ।
सांसद रङ्गमती शाहीले क्वरेण्टीनमा महिला बलात्कृत हुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो । सांसद रामकुमारी चौधरीले लकडाउनको अवधिमा तीन सय ७३ बलात्कार, ३४ बहुविवाह र आठ बोक्सीसम्बन्धी घटना भएको जनाउँदै गम्भीर जघन्य आपराधिक घटना नियन्त्रण गर्न माग गर्नुभयो । सांसद लक्ष्मी परियारले रुकुम पश्चिम घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्नुभयो ।
सांसद भवानी खापुङले पुष्पलाल लोकमार्ग अन्तर्गत पूर्वी क्षेत्रमा बन्ने पुलको अझै निर्माण हुन नसकेको जनाउँदै ठेकेदारलाई ताकेता गर्न माग गर्नुभयो । सांसद मीनबहादुर विश्वकर्माले लकडाउनदेखि अन्तिमसम्मको अवधिलाई ‘शून्य’ समय मानी घरधनीले घरभाडा नलिने, बैंकले ब्याज नलिने, विद्यालयले शुल्क नलिने र दैनिक ज्यालादारी श्रमिकलाई मासिक सात हजार रुपैयाँ दिने व्यवस्था गर्न प्रस्ताव गर्नुभयो ।
सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारले फजुल खर्च नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो । सांसद मोहन बानियाँले तत्काल नागरिकता विधेयक सदनमा पेस गर्न माग गर्नुभयो । सांसद रामबहादुर विष्टले भ्रष्टाचार नियन्त्रणमा सरकारले उदासीनता देखाएको आरोप लगाउनुभयो ।
सांसद यज्ञराज सुनुवारले कामचोर र ठग ठेकेदारका लागि कोरोना बहाना मिलेको जनाउँदै सार्वजनिक खरिद ऐन संशोधन गरेर देशप्रति घात गर्ने ठेकेदारलाई कारागार हाल्ने व्यवस्था मिलाउन माग गर्नुभयो । सांसद रामकुमारी झाँक्रीले साना उद्यमीलाई कोरोनाको कहरबाट जोगाउनको लागि उचित राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।