सरकारले संवैधानिक निकायलाई तर्साउन खाज्यो : पूर्वमन्त्री महत

 साउन १८, २०७५ शुक्रबार १३:४८:८ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ संसदीय सुनुवाइ विशेष समितिले ढिलाई गरिरहेकोमा आपत्ति जनाउनु भएको छ । 

नेता महतले प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइमा ढिलाई गरेर दुईतिहाईको बलमा सरकारले संवैधानिक निकायलाई तर्साउन खोजिरहेको आरोप पनि लगाउनुभयो । शुक्रबार नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले मुलुकको विधि र सुुशासन समाप्त पारेको दावी समेत गर्नुभयो ।

नेता महतले सरकारले नियमनको अधिकार कटौति गरेर बीमा विधेयक संसदमा पेस गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया