‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठ...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित सिटी चेल्सीसँग २ – १ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । रोमान्चक बनेको खेलको ३६ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
५५ औं मिनेटमा ब्रुयनले गोल गर्दै सिटीलाई १९१ गोलको बराबरीमा फर्काए । खेलको ७७ औं मिनेटमा फेर्नान्डिन्होले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटियो ।
त्यसको एक मिनेट नबित्दै चेल्सीले पेनाल्टी प्राप्त गर्यो । जसमा विलियनले गोल गर्दै चेल्सीलाई २ –१ को जित दिलाए । चेल्सीको जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको छ ।
चेल्सीसँग पराजित भएपछि दोस्रो स्थानको सिटी लिभरपुल भन्दा २३ अंकले पछि परेको छ । सिटीको ३१ खेलमा ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ । सिटीलाई हराएको चेल्सीले ५४ अंक जोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।