अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू, प्रारम्...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन भएको छ ।
दमको रोगबाट पीडित सिंहको शुक्रबार राति ८८ वर्षको उमेरमा छाउनीमा रहेको निवासमा निधन भएको हो । सिंहले २०४८ देखि २०५० सम्म राखेपको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ नेपाली फुटबल टिमको पहिलो कप्तान पनि हुनुहुन्थ्यो ।
सिंहको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।