इमेज सहकारीका सञ्चालकसँग मेलमिलाप भएपछि पीडितले २३ करोड ७५...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् ।
सङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएकाे छ ।
ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मङ्गलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी सङ्क्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । 'उनीहरुको फेरि परीक्षण गरिनेछ', वक्तव्यमा उल्लेख छ ।
ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग सुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिकाभन्दा तीन महिना पछाडि सारेर च्याम्पियनशिप शुरु गर्ने तयारी गरिएको हो ।
ब्राजिलमा १४ लाखभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित पुगिसकेका छन् भने ५९ हजार ६ सयभन्दा धेरैकाे ज्यान गइसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।