चम्किए साेमपाल, ३८ बलमा अर्धशतक

 साउन १८, २०७५ शुक्रबार १७:५४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालका अलराउण्डर सोमपाल कामीले पहिलो एकदिवसीय क्रिकेटमा अर्धशतक बनाएका छन् ।

लगातार नेपालका ब्याट्सम्यानहरु आउट भइरहेका बेला आठौ नम्बरमा मैदान आएका सोमपालले ३८ बल खेलेर ५१ रन बनाउँदै अर्धसतक बनाएका हुन् ।

उनले चार चौका र तीन छक्का पनि प्रहार गरेका छन् । उनको प्रदर्शनसँग नेपालले नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा सम्मानजनक स्कोर बनाउन सफल भयो ।

यसअघि कप्तान पारस खड्काले अर्धसतकिय पारी खेल्दै ५१ रन बनाएका थिए ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया