६० रुपैयाँको औषधि २४ सय रुपैयाँमा बिक्री !

 असार २०, २०७७ शनिबार १४:४७:५७ | रासस
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै बढी मूल्य लिइ औषधि बिक्री गरेको भेटिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनकाे क्रममा वास्तविक मूल्यभन्दा बढी मूल्य लिएको भेटिएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । उहाँका अनुसार सेतीदेवी मेडिकल राम्चेले बढी मूल्यमा औषधि बिक्री गरेको पाइएको हो । 

'मेडिकलले अनियमितता गरिरहेको छ भन्ने सूचनाकाे आधारमा हामीले नै औषधि किन्न पठाउँदा त्यस्तो प्रमाण पायौँ', उहाँले भन्नुभयो । उहाँका अनुसार सरकारले निःशुल्क एबोसनको औषधि वितरण गरे पनि बढीमा ६० रुपैयाँ पर्ने औषधिलाई त्याे मेडिकलले दुई हजार चार सय रुपैयाँ लिएको हो । त्यस्तै त्यही मेडिकलले औषधि बिक्री वितरण गर्दा बिल नदिएको पाइएको छ । 

यसैगरी कुँवेर मेडिकल राम्चे–९ को मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरि अर्कैले सञ्चालन गरेको पाइएको, सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगर स्वास्थ्य शाखाको ठहर छ । प्रायः सबै मेडिकलहलमा चिकित्सकको सिफारिसविना अवैधानिकरूपमा औषधि बिक्री गरेको पाइएको शाखाले जनाएको छ ।   

प्रतिवेदन तयार गरी जिल्ला प्रशासन तथा जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ती सबै पाँच मेडिकललाई लिखित स्पष्टीकरण तथा कारबाहीका लागि नगर स्वास्थ्य शाखाबाट पत्रचार गर्ने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया