बार्सिलोनाको फराकिलो जित

 असार २२, २०७७ सोमबार ६:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियालमाथि चार एकको फराकिलो जित निकालेको छ । यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियालसँगको दूरी चार अंकमा झारेको छ ।

भिल्ला रियलको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोइन ग्रिजमन र अंन्सु फाटीले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनालाई अग्रता लियो । तर १४ औं मिनेटमा भिल्ला रियलका जेरार्ड मोरिनोले गोल गर्दै खेल एक एक गोलको अवस्थामा पुर्याए ।

खेलको २० औं मिनेटमा लियोनल मेस्सीको पासमा लुइस स्वारेजले गोल गरे । जसका कारण खेल दुई एकको अवस्थामा पुग्यो । त्यसपछि ४५ औं मिनेटमा फेरि लियोनल मेस्सीले नै मिलाइदिएको पासमा ग्रिजमनले गोल गर्दै खेललाई तीन एकको अवस्थामा पुर्याए ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो । ग्रिजमनको स्थानमा ७२ औं मिनेटमा मैदान प्रवेश गरेका फाटीले ८६ औं मिनेटमा गोल गरे । जसका कारण बार्सिलोनाले चार एकको फराकिलो जित निकालेको छ । यो जितपछि बार्सिलोनाले ३४ खेलमा ७३ अंक बनाएको छ । रियालको समान खेलबाट ७७ अंक छ

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया