इमेज सहकारीका सञ्चालकसँग मेलमिलाप भएपछि पीडितले २३ करोड ७५...
पुस २७, २०८१ शनिबार
बाग्लुङ – बाग्लुङको एक विद्यालयले बारअनुसारको टोल छुट्याएर शिक्षक परिचालन गरेको छ ।
लकडाउनकाे अवस्थामा विद्यालय बन्द रहेपछि विद्यार्थीलाई पठनपाठन प्रक्रियामा सहभागी बनाउन बाग्लुङ नगरपालिका १४ नारायणस्थानमा रहेको जनता धन माविले शिक्षक परिचालन गर्न लागेको हो । सेवा क्षेत्रभित्रका पाँच वटा टोलमा शिक्षकलाई पठाएर विद्यालयले पठनपाठनमा सहजीकरण गर्ने जनाएको छ ।
तत्काल शिक्षक टोलटोलमै पुग्नुबाहेक विकल्प नरहेकाले बारअनुसार टोलमा शिक्षक पुगेर विद्यार्थीलाई पठनपाठनमा आवश्यक सहयोग गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले बताउनुभयो । विद्यालयलाई सिकाइ केन्द्र कायम गरेर शिक्षकका पाँच वटा समूह बनाएर काममा लगाइएको हो ।
विद्यार्थीलाई शिक्षक टोलमा आउने विषयमा सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ । सम्बन्धित टोलको जिम्मेवारी पाएका शिक्षकले कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थी भेटेर उनीहरुलाई शैक्षिक क्रियाकलापमा सहभागी बनाइ सहयोग गर्ने वातावरण मिलाइएको उहाँले बताउनुभयो ।
विद्यालयको निर्णयअनुसार कैया टोलमा आइतबार, सारंगीमा सोमबार शिक्षक पुग्ने छन् । मङ्गलबार शिक्षकको संयुक्त बैठक बसेर सातामा भएका गतिविधिका विषयमा समीक्षा गर्ने विद्यालयले जनाएको छ । बुधबार अर्माह, लाम्पाटा, बैदारटोल, धन्सार, ठूलोखोरलगायतका टोलमा शिक्षक पुग्ने छन् भने बिहीबार गार्लुङ र शुक्रबारका लागि नमुना गाउँ, केटीचौर टोल छुट्याइएको छ ।
टोलमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको समूह ठूलो वा सानो बनाएर पठाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीलाई भेट्ने, उनीहरुलाई पाठ्यक्रम अनुसारका शैक्षिक सामग्री पढ्न लगाउने र गृहकार्य दिनेलगायतका काम तोकिएको छ ।
सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा सामग्रीसहित विद्यार्थी र शिक्षक उपस्थित हुन विद्यालयले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।