मकवानपुरमा बस पल्टिँदा ३५ जना घाइते
कात्तिक २१, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे । क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।
चेल्सको छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । विलियनको पासमा जेरुडले सहज गोल गरे । खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता २९० को बन्यो । उनले पनि विलियनको पासलाई सदुपयोग गरे । तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी २ – १ ले अघि रह्यो ।
खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३–१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै रुबेनको पासमा उनले पोस्टको जाली चुमाए । त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३९२ गोल अन्तरले बिजयी भयो । बेन्टेकेले २ वर्षपछि प्रिमियर लिगमा गोल गरेका हुन् ।
यस्तै खेलको इन्जुरी समयमा क्रिस्टल अभागी साबित भयो । क्रिस्टलका स्कट डानको हेड प्रहार पोस्टमा लागेर फर्किएपछि क्रिस्टल बराबरी गर्न चुकेको थियो । जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हो ।
चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ । एक खेल कम खेलेको लेष्टर ५८ अंक रहेको छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
प्रिमियर लिगको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २९१ गोल अन्तरले पराजित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।